बिपी राजमार्गमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ । शुक्रबार जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोक तथा जिल्ला सुरक्षा समिति सिन्धुलीको समन्वयात्मक बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
यसअघि बिपी राजमार्गको भकुन्डेबेँसी–खुर्कोट सडकखण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म सवारीसाधन चलाउन अनुमति दिइएको थियाे । अहिले दुई घण्टा समय बढाइएकाे हाे।