एसिसी प्रिमियर कप : नेपाल क्वार्टरफाइनलमा

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

लगातार दोस्रो जित निकाल्दै नेपाल मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार नेपालले भुटानलाई ५१ रनले पराजित गर्याे । यसअघि नेपालले बुधबार पहिलो खेलमा कतारलाई पराजित गरेको थियो।

टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ११३ रनको लक्ष्य दियो। प्रत्युत्तरमा भुटानले २० ओभरमा आठ विकेट गुमाएर ६२ रन मात्रै बनायो। भुटानका लागि देन्छी वाग्मोले ६० बलमा सर्वाधिक ३९ रन जोडिन् । छादो ओमले ११ रन जोडेका थिए । नेपालका लागि रुविना क्षेत्रीले तीन, रिया शर्माले दुई तथा कविता कुवँर र मनीष उपाध्यायले समान एक विकेट लिएका थिए। त्यसअघि नेपालका लागि सीता रानामगरले २८ बलमा सर्वाधिक ३७ रन बनाइन्।

सीताले आठौँ विकेटका लागि रुविना क्षेत्रीसँग मिलेर ३१ बलमा ४० रनको महत्त्वपूर्ण साझेदारी गरिन् । रुविनाले २१ बलमा २४ रन बनाइन् । सोनी पाख्रिन १३ तथा सम्झना खड्का १० रनमा आउट भइन् । भुटानका लागि छिरिङ ज्याङ्बो र सोनामले समान तीन, कप्तान अञ्जु गुरुङले दुई तथा रित्सी चोदेन र रिया प्रधानले एक विकेट लिइन् ।

 

 

सुझावित समाचार