नारायणचौरमा कार्यालय खोलेर बसेका दुई चिनियाँ पक्राउ

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौंको नारायणचौरमा अवैध कार्यालय खोलेर शंकास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३३ वर्षीय वाङ वेड र ३२ वर्षीय चेन सुङगुईलाई पक्राउ गरेको हो। 

भिजिट भिसामा नेपाल आएका उनीहरूले आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कम्पनी खोलेका थिए। लाइभ हब एपमार्फत उनीहरूले विदेशी नागरिकलाई साथी बनाई ठगीलगायत शंकास्पद गतिविधि गर्दै आएको एसपी रामेश्वर कार्कीले बताए। पक्राउ परेकालाई प्रहरीले अध्यागमन विभागमा पठाएको छ। 

सुझावित समाचार