सुनचाँदीको मूल्यमा वृद्धि

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले वृद्धि भई तीन लाख ११ हजार तीन सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सोमबार सुन प्रतितोला तीन लाख १० हजार नाै सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर पाँच हजार ४०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ३५५ रुपैयाँ कायम रहेको थियो।

सुझावित समाचार