नगरप्रमुख सिंह अदालतमा हाजिर

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई प्रहरीले पर्सा जिल्ला अदालतमा हाजिर गराएको छ ।अदालतबाट पक्राउ पुर्जी जारी भएका मेयर सिंहलाई प्रहरीले पर्साको ठोरीबाट मंगलबार बिहान नियन्त्रणमा लिएर जिल्ला अदालतमा हाजिर गराएको हो ।

नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई मंगलबार बिहान नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।
 

सुझावित समाचार