होटेल पौवाको जनकपुरधाममा १९औँ शाखा विस्तार

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

आतिथ्य सेवा क्षेत्रमा स्थापित राष्ट्रिय ब्रान्ड होटेल पौवाले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । होटेलले मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा सेवा विस्तार गरेको हो । होटेलको औपचारिक उद्घाटन २२ जेठमा हुने तय भएको छ । सोही अवसरमा तीनदिने ‘बृहत् खाना प्रवर्द्धन कार्यक्रम’ आयोजना गरिनेछ । कार्यक्रममा होटेल पौवाका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारको विशेष प्रदर्शनी रहने बताइएको छ ।

होटेल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जनकपुरधाममा चारतारेस्तरको होटेल सञ्चालनमा आउनु कम्पनीको विस्तार यात्राको महŒवपूर्ण उपलब्धि भएको बताए । उनले होटेलको उपस्थितिले धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा आतिथ्य उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । होटेलमा ६२ वटा सुविधासम्पन्न अतिथि कक्ष छन् । 

साथै, स्विमिङ पुल, सेमिनार हल, रेस्टुरेन्ट, जिम, साउना, स्टिम तथा स्पालगायत चारतारेस्तरका सेवा–सुविधा सञ्चालनमा आइसकेका छन् । होटेलले नेपाली स्वाद, संस्कार तथा अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा २४सै घण्टा उपलब्ध गराउने जनाएको छ । उद्घाटन तथा खाना प्रवर्द्धन कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका उद्योगी–व्यवसायी, पर्यटनकर्मीलगायतको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सुझावित समाचार