संखुवासभाको चिचिला गाउँपालिका– ४ कुवापानीदेखि बलुथाम जाने लालीगुराँस पदमार्गमा निर्माण गरिएको ढुंगाको चौतारा । स्विस सरकारको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) कार्यक्रमअन्तर्गत लालीगुराँस पदमार्ग निर्माणको काम भइरहेको छ ।
स्विस सरकार, संघ, प्रदेश र चिचिला गाउँपालिकाको साझेदारीमा पदमार्ग निर्माणको काम भइरहेको हो । पदमार्ग निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढ्न थालेको छ ।


