भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।
भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँदिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा अध्यक्ष लगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका हुन् ।
भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने जनाइएको छ ।