गौरीघाटमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौंको गौरीघाटमा शनिबार बेलुका भएको दुर्घटनामा एकजनाले ज्यान गुमाएका छन्।

गौरीघाटबाट दिव्या पार्टी प्यालेसतर्फ जाँदै गरेको बा.१ प ८१८ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ७१ प ९७४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलचालक पाँचथर याङवरक गाउँपालिका–६ घर भएका २२ वर्षीय सुशन योङहाङको मृत्यु भएको छ। उपचारको क्रममा उनको ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोकका भुवन थापा घाइते भएका छन्। 

बसचालक सिन्धुपाल्चोकका सुजन श्रेष्ठलाई गौशाला वृत्तले पक्राउ गरेको छ। 
 

सुझावित समाचार