महोत्तरीमा इनार खन्ने क्रममा एक युवकको मृत्यु

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

महोत्तरीको गौशाला नगरपालिका– १२, पररियामा इनार खन्ने क्रममा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी पञ्चलाल गोलेले शनिबार दिउँसो ३६ फिट गहिरो इनार खन्ने क्रममा एकजनाको मृत्यु भएको जानकारी दिए।

गौशाला नगरपालिकाबाट बजेट निकासा भई वडास्तरमा ठेक्का लगाइएको उक्त इनारभित्रको जमिनमा रहेको काठ मेसिन प्रयोग गरेर काट्ने क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ निवासी २२ वर्षीय वसन्तकुमार महतो धुवाँको कारण निसास्सिएर बेहोस भएका  थिए।

उनलाई उद्धार गरी ईश्वरपुर नगर अस्पताल बयलबास लगिएकोमा उपचारको क्रममा मृत्यु भएको डिएसपी गोलेले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार