संसद्को मर्यादा पालन गर्न सभामुखले गराए तीन सांसदलाई सचेत

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले तीन सांसदलाई संसद्को मर्यादापालन गर्न सचेत गराएका छन्। एमालेका सांसद ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका सांसदहरू ध्रुवराज राई र आरेन राईलाई सभामुखले भाषा सुधार गर्न र संसदीय मर्यादा पालना गर्न सचेत गराएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह केही सांसदहरूको प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिएपछि महरले आफ्नो प्रश्न राख्न समय मागे। सभामुखले आजका लागि दलगत रूपमा तोकिएका प्रश्नको समय सकिएको भन्दै बैठक अघि बढाउन खोजेपछि आक्रोशित भएका सांसदहरूलाई सभामुखले संसदीय मर्यादा सम्झाएका हुन्।

‘माननीय ऐनबहादुर महरलाई मैले पटकपटक सभामुखले आफ्नो कुरा राख्दै गरेको हुनाले बस्न पनि अनुरोध गरेको र उहाँलाई समय पनि दिएको छैन, उहाँलाई माइक पनि दिएको छैन। त्यसकारण माननीय सदस्यले पटकपटक बैठकमा मर्यादाविपरीत कार्य गरिरहेको विषयमा मेरो ध्यानाकर्षण भएको छ,’ सभामुखले भने।

त्यसलगत्तै सांसदहरु ध्रुवराज र आरेन पनि उठेर विरोध गरेपछि सभामुख अर्यालले उनीहरूलाई पनि संसदीय मर्यादा पालन गर्न सचेत गराएका हुन्।

सुझावित समाचार