प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता देशमा आत्मविश्वास बढाउनेभन्दा आर्थिक अवस्था सुदृढ बनाउनेतर्फ केन्द्रित रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शाहले देशमा उत्पादन भएका वस्तुहरूको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गरिरहेको बताए।
उनले निर्यात हुने वस्तुहरूमा लाग्ने करमा छुट दिइएको उल्लेख गर्दै नेपाललाई निर्यातमुखी अर्थतन्त्रतर्फ उन्मुख गराउन सरकारले कदम चालिरहेको बताए।
‘हामीले निर्यात गर्ने विषयवस्तुहरूमा लाग्ने करहरूमा छुट दिएका छौँ। देशमा उत्पादन भएका वस्तुहरू विभिन्न राष्ट्रमा निर्यात गर्न सकून् भन्ने उद्देश्यले दुई वर्षका लागि यो व्यवस्था गरेका हौँ,’ प्रधानमन्त्री शाहले भने।
प्रधानमन्त्री शाहका अनुसार अहिले देशको आवश्यकता आत्मविश्वास वृद्धिभन्दा आर्थिक स्रोत वृद्धि रहेको छ। ‘अहिले देशमा आत्मविश्वास बढाउनेभन्दा पनि देशलाई पैसा चाहिएको छ। त्यसैले सरकारको ध्यान पैसा बढाउनेतिर केन्द्रित भएको छ,’ उनले बताए।