१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् प्राधिकरण मोडेलमा बनाउने घोषणा गरिएको छ ।
‘एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि अधिकारसम्पन्न प्राधिकरण मोडेलमा निर्माण कार्य अघि बढाउनेछौँ,’ बजेटमा भनिएको छ, ‘६ सय ७० मेगावाटको दुधकोशी जलाशययुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया सुरु गर्नेछौँ।’
यस्तै, नौ सय मेगावाटको अरुण तेस्रो, ६ सय ६९ मेगावाटको तल्लो अरुणलगायत लगानी बोर्डमार्फत निर्माणकार्य अगाडि बढाइएका करिब तीन हजार मेगावाट क्षमताका आयोजना विकास गर्न आवश्यक सहजीकरण गरिने बताइएको छ।