- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको जेठ १६ गते शनिबारदेखि जेठ २२ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कमजोरी अनुभव हुनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी होला । नजिकका व्यक्तिबाट काममा अवरोध हुने देखिन्छ, काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मित्रहरू प्रतिकूल भएर आउनेछन् । बिहीबारदेखि विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिनभरजसो भागदौड र असफल यात्रा भइरहला । बोलीको गलत अर्थ लाग्ने भएकाले सोचेर मात्र बोलेको वेश होला । कमजोर मित्रको कारण प्रतिकूल समयमा समस्या आउला । बिहीबारदेखि व्यापार शुभ फलदायी हुनेछ । दार्शनिक विचारमा मन रहिनेछ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सबैतिरबाट शुभलाभ हुने संकेत मिल्नेछ । माया मारेका कामबाट राम्रो प्रतिफल हात पर्नेछ । घरमा अतिथिजनको स्वागत गर्ने अवसर मिल्नेछ । भूमिसम्बन्धी काम गरे सफल हुने योग रहेको छ । परिवारमा मातृभातृत्व सम्बन्ध प्रगाढ रहला । शुक्रबारदेखि अनावश्यक यात्रा हुन सक्छ । आफन्तसँगको सम्बन्धमा सामान्य मनमुटावको स्थिति रहला । व्यापार–व्यवसायमा खासै उन्नति हुन सक्दैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यवसायमा लगानी बढाउनुपर्ने समय रहेको छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । साताको अन्त्यमा स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा अधिकारप्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्नेछ । पैतृक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । आकस्मिक खर्चसमेत बढ्ने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय रहेको छ । मेसिनरी वस्तुको प्रयोग नगरेकै वेश होला । धार्मिक उदारीकरणमा उल्लेखनीय काम गर्न सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार–व्यवसाय फस्टाउनेछ । मेसिनरी वस्तुको प्रयोग नगरेकै वेश होला । धार्मिक उदारीकरणमा उल्लेखनीय काम गर्न सकिनेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूले कर्तव्य पूरा नगर्न सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहारसमेत पाइएला । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । बोलीकै भरमा काम गर्ने समय छ । आतिथ्यपूर्ण सम्मान र सहयोगीहरूबाट साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम बढेर जाला । प्रेम र मित्रताको गाँठो कसिने वेला छ । आम्दानी बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) टाढाको यात्रा सम्भावना छ । शुक्रबारदेखि आफन्तजन भेटिएलान् । शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मन पर्ने खानपान, वस्त्र, अलंकार आदिबाट आनन्द मिल्नेछ । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । मानसम्मान पाइनुका साथै प्रशस्त धनआर्जन गर्ने योग छ । सहयोगीहरू जुट्नेछन् र काममा उत्साह बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् । व्यावसायिक कामबाट राम्रो लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । बिहीबार भने आकस्मिक खर्च बढ्नेछ । छरछिमेकमा असमझदारी पनि बढ्न सक्छ । आरोग्य एवं स्फूर्ति बढ्नेछ । भेटघाटले प्रसन्नता मिल्नेछ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । नयाँ काम गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । धार्मिक क्रियाकलापमा मन जाला । राजनीति र नोकरीमा उन्नति हुनेछ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । विद्यामा प्रगति हुनेछ । अरूको मन जित्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ । दीर्घकालीन काममा लगानी गर्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तपाईंका विरुद्धमा लाग्नेहरू नासिनेछन् । आफ्नो विचारको कदर हुनेछ । सामाजिक रूपमा गरेका कामको जस मिल्नेछ । विवादित विषयमा हात नहालेकै वेश हुनेछ । अरूको कार्यमा हस्तक्षेप नगरेकै राम्रो हुनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।