आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयलाई एक खर्ब आठ अर्ब ४३ करोड विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा दुई खर्ब आठ अर्ब ६२ करोड विनियोजन गरिएको थियो । अघिल्लो आर्थिक वर्ष सामाजिक सुरक्षा भत्ताबापतको रकम पनि गृहमार्फत विनियोजन गरिएको थियो। यो वर्ष यस्तो भत्ता महिला, बालबालिका, अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत खर्च गर्न लागिएको छ । त्यसका लागि छुट्टै एक खर्ब २० अर्ब छुट्याइएको छ ।
त्यस्तै, सरकारले रक्षा मन्त्रालयको बजेट बढाएको छ । आगामी आर्थिक वर्षका लागि रक्षालाई ६४ अर्ब ९४ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। गत वर्ष ६२ अर्ब एक करोड रुपैयाँ छुट्याइएको थियो।