आगामी आर्थिक वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँबराबरको बजेट ल्याएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा उनले बजेट पेस गरेका हुन्।

चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ चार खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ चार खर्ब २२ अर्ब विनियोजन गरिएको छ।

बजेट खर्च धान्न राजस्वबाट १४ खर्ब पाँच अर्ब, वैदेशिक ऋण दुई खर्ब ४७ अर्ब, वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड र आन्तरिक ऋण चार खर्ब १० अर्ब उठाउने उल्लेख छ।

See More On

सुझावित समाचार