सरकारले नीति अनुसन्धान प्रतिष्ठानलाई योजना आयोगमा गाभ्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिष्ठानलाई आयोगमा गाभ्ने घोषणा गरे ।
हाल यो प्रतिष्ठान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत छ । प्रतिष्ठानको प्रभावकारितामाथि प्रश्न उठिरहेको वेला कार्यप्रकृतिसँग मिल्ने योजना आयोगमा गाभ्ने घोषणा सरकारले गरेको हो ।