सरकारले पूर्वाधार परियोजनाको निर्माण प्रभावकारी बनाउन ‘सनसेट ल’ ल्याउने भएको छ। शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यस्तै, निर्माण कार्यलाई समयमा सम्पन्न गर्न मिसन मोडमा काम गरिने उनले बताए। ठेक्कामा दिइने पेस्की रकमलाई दुरुपयोग नहुन दिन ट्राकिङ प्रणाली लागू गरिने उनले बताए।