- लोकतन्त्रको काल्पनिकीकरणतर्फको पहिलो कदम इरानमाथि इजरायल–अमेरिका युद्ध थियो, प्रधानमन्त्री संकटलाई कोभिड महामारीसँग तुलना गर्छन्, जहाँ युद्धले प्राकृतिक प्रकोपको चरित्र लिन्छ
सत्य अपरिवर्तनीय छ । तर, काल्पनिक लिपिलाई इच्छाअनुसार परिवर्तन गर्न सकिन्छ । आर्थिक उछाललाई रातारात आर्थिक दुःस्वप्नमा परिणत गर्न सकिन्छ । चुनावी अभियानमा गुलाबी चित्र प्रस्तुत गर्ने भारतका प्रधानमन्त्री नरेद्र मोदीले अचानक असाधारण संकटको घोषणा गरे । उनले केही अघिमात्र महिला सशक्तीकरणको उच्च आदर्शमा एक सीमांकन विधेयकलाई जोडेका थिए ।
भारतीय हितका लागि कपटी व्यापार सम्झौतालाई देशको हितका लागि भन्ने चित्रण गरिने गरेको छ । त्रुटिपूर्ण आर्थिक र विदेश नीतिको परिणाम युद्धको अपरिहार्य प्रभावको रूपमा प्रस्तुत गरिएको छ । ‘सबका–साथ–सबका–विकास अर्थात् सबैको साथ, सबैका लागि प्रगति’को एक महान् कथ्यमा एक भयानक साम्प्रदायिक एजेन्डा अघि बढाइने गरेका छ । नरेन्द्र मोदीले भारतीय लोकतन्त्रलाई काल्पनिक बनाउँदै छन् भन्ने अनुमान गर्नु भ्रामक हुनेछैन ।
कथा परिस्थितिगत तर्कमा मोडिन्छ । प्रचारको शक्तिले कल्पनालाई बिक्री गर्ने सुविधाका लागि एक विश्वस्त अक्ष निर्माण गर्छ । कथालाई नियन्त्रण गर्ने हतासपन यस भ्रामक चालको पछाडिको प्राथमिक शक्ति हो, जबकि मोदीले आफ्नो फिक्का छविलाई पुनर्जीवित गर्न यो चालको पनि फाइदा उठाउँछन् । उनी मन्त्रिपरिषद्को नियमित बैठकको अध्यक्षता गर्छन् र यसलाई ‘विकसित भारत’को ठुलो लक्ष्यसँग जोड्न सन्देशलाई मोड्छन् ।
समजिक सञ्जाल एक्समा उनको पोस्टले उनले बैठक कसरी सञ्चालन गरे भन्नेबारे केही अन्तरदृष्टि दिन्छ । उनले जनतासँग साझा गरेको तस्बिरले उनलाई बाँकी मन्त्रीबाट स्वाभाविक रूपमा अलग गर्छ र मन्त्रिपरिषद्का अन्य सदस्यभन्दा फरक स्थानमा राख्छ । यसले संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीको भूमिका वर्णन गर्न प्रयोग गरिने ‘समानहरूमा पहिलो’ पदमा उनको स्थान छैन भन्ने कुराको सम्झना गराउँछ ।
उनले आफ्ना सहकर्मीलाई वैकल्पिक ऊर्जाको स्रोत खोज्न पनि आग्रह गर्छन् । के दृश्यले सामूहिक जिम्मेवारीको संवैधानिक व्यवस्थालाई कमजोर पार्दैन ? के तिनीहरूले मन्त्रिपरिषद्लाई केवल सल्लाहकारको समूहमा रूपान्तरण गर्दैनन् ? के यो घोषणा होइन, जसलाई उनी एक्लैले निर्णय गर्छन् ? संस्थाहरू निरन्तर अस्तित्वमा रहन्छन्, तर संवैधानिक रूपमा तिनीहरूको तोकिएको भूमिकाविना ।
रोममा भएको बहुचर्चित ‘मेलोडी’ नाटकले लोकतन्त्रको काल्पनिकीकरणको अर्को आयाम पनि प्रस्तुत गर्छ, जहाँ सामान्य कूटनीतिक इसारालाई उनको छविलाई मुक्त गर्न मात्र नभई उनको भ्रमणको वास्तविक उद्देश्यबाट ध्यान हटाउनका लागि अनौठो घटनाको रूपमा देखा पर्छ । यो इसारा चर्को र तुच्छ थियो । नाटकले वास्तवमा मितव्ययिता कार्यक्रममा छोटो विराम ल्यायो, जसमा मन्त्रीहरू बसमा यात्रा गरिरहेका थिए र मुख्यमन्त्री इकोनोमी क्लासमा उडिरहेका थिए ।
मितव्ययिताका उपाय घोषणा गरिएको तरिकाले वास्तविक बहसको काल्पनिकीकरणतर्फ पनि औँल्याउँछ । आत्म–प्रचारका लागि उनको उन्माद र देखावटीपूर्ण विदेश यात्रामा प्रकट हुने उल्लेखनीय उदारताबिच, एक विशुद्ध आर्थिक आवश्यकतालाई देशभक्तिको स्पर्श दिइएको थियो ।
महँगो पेट्रोल किन्नु, कम तेल खानु र सुन खरिद नगर्नु राष्ट्रवादको आह्वानको प्रतिक्रिया बनेको छ । ती तथ्यलाई दबाएर राख्ने काल्पनिक कुरा हो । उनको अपिलले भारतीय लोकाचार वा अधिग्रहणको सारलाई छुनेछ । जवाफका लागि विपक्षीको माग व्यर्थ जाने निश्चित थियो । लोकतन्त्रलाई चोट पुग्छ, तर कुनै आवाजविना ।
लोकतन्त्रको काल्पनिकीकरणतर्फको पहिलो कदम इरानमाथि इजरायल–अमेरिका युद्ध थियो । प्रधानमन्त्रीले संकटलाई कोभिड महामारीसँग तुलना गर्छन्, जहाँ युद्धले प्राकृतिक प्रकोपको चरित्र लिन्छ । रहस्यमयीकरणले मोदीलाई त्रुटिपूर्ण विदेश नीति अपनाएको आरोपबाट प्रभावकारी रूपमा मुक्त गर्छ, किनकि कुनै पनि मानिसलाई प्राकृतिक प्रकोपका लागि जिम्मेवार ठहराउन सकिँदैन । कथाले उनलाई एक निर्दोष प्रत्यक्षदर्शीको रूपमा प्रस्तुत गर्छ, जो पश्चिम एसियामा भएका विकासक्रमबाट अनभिज्ञ छ र बढ्दो तनावको कुनै जानकारीविना इजरायलको भ्रमण गर्छ । यसले मोदी अमेरिकी दबाबमा झुकेको साथै इरान र रुसबाट तेल खरिद रोक्नेबारे असान्दर्भिक बहस प्रस्तुत गर्छ । रहस्यमयीकरणले मोदीको हालैको इजरायल समर्थक युएई भ्रमणबारे प्रश्न उठ्नबाट पनि रोक्छ, जतिवेला ब्रिक्स देशका विदेशमन्त्रीहरू संकटबारे छलफल गर्न दिल्लीमा थिए ।
सुरक्षा, वित्त वा बिग्रिँदै गएको जीवनयापनको अवस्थाबारे लगभग पहुँच नभएको अपारदर्शी लोकतन्त्रमा मानिसलाई पर्दापछाडि हुने हेरफेरबारे जान्न कुनै अवसर छैन । यसले शासकका लागि काम सजिलो बनाउँछ । यद्यपि, यस अवस्थामा केहीले मोदीको विदेश नीतिपछाडिको कर्पोरेट सम्बन्धलाई औँल्याए । उनको नोर्डिक देशहरू र इटलीको भ्रमण एक प्रमुख भारतीय कर्पोरेट समूहको स्वार्थसँग मिल्दोजुल्दो भएको हुन सक्ने अनुमान गरिएको थियो ।
मोदीले मितव्ययिताका उपाय घोषणा गर्न सार्वजनिक र्यालीको छनोट गर्दा पनि हामी काल्पनिक तत्व पाउँछौँ । जनतासँगको आफ्नो कुराकानी अनौपचारिक देखिन उनी यस्तो गर्छन् । यो रणनीति उनको शासनको एक आवश्यक भाग हो । उनको मनकी बात अनौपचारिक तर एकतर्फी सञ्चारको उत्कृष्ट उदाहरण हो ।
मितव्ययिताका उपायको घोषणा गर्दा उनले संसद्, सरकारी टेलिभिजन च्यानल र पार्टी प्लाटफर्मसहित सबै उपलब्ध च्यानल त्याग्छन्, ताकि सञ्चार पहिलेभन्दा अझ अनौपचारिक देखियोस् । उनी मन्त्रिपरिषद्मा पनि यस विषयमा छलफल गर्दैनन् । संस्थाहरू आफ्नो संवैधानिक भूमिकाबाट अलग्गिएको समयमा अरूसँग परामर्श गर्ने सानो इसाराले पनि लोकतान्त्रिक संस्थामा केही विश्वास जगाउन सक्छ ।
यद्यपि, उनी जानाजानी यस्तो सम्भावनालाई हटाउने छनोट गर्छन् । उन सोही उद्देश्यका लागि हेगमा भएको रणनीति दोहोर्याउँछन् र आप्रवासी भारतीयको सामुदायिक भेलामा गरिबीमा हुने सम्भावित वृद्धिको घोषणा गर्छन् । लोकतन्त्रको प्रधानमन्त्रीले देशबाहिरको अनौपचारिक भेलामा यस्तो महŒवपूर्ण जानकारी कसरी प्रकट गर्न सक्छन् ?
मानिसलाई लाग्न सक्छ कि हरेक प्रमुख संस्था पूर्ण नियन्त्रणमा रहेको र पश्चिम बंगालमा अप्रत्याशित विजय हासिल गरेको समयमा किन मोदी लोकतन्त्रलाई काल्पनिक बनाउँछन् ?
पश्चिम बंगालको विजयले उनलाई मुस्किलले चुनाव जित्नबाट रोक्न सकिन्छ भन्ने कुरा देखाएको छ । जितले निर्वाचन प्रणालीमा नयाँ तत्वहरू ‘तार्किक विसंगति’को एक वर्ग, मतदाताको योग्यता जाँच गर्न न्यायाधीकरण, केन्द्रीय बलको ठुलो परिचालन, केन्द्र सरकारबाट कर्मचारीको गणना आदि परिचय गराएर चुनावको प्रकृतिलाई निर्णायक रूपमा परिवर्तन गरेको छ ।
यो जितले निर्वाचन प्रणालीमा नयाँ तत्वहरू–मतदाताको योग्यता जाँच गर्न न्यायाधीकरण, केन्द्रीय बलको ठुलो परिचालन, केन्द्र सरकारबाट गणना कर्मचारी इत्यादिलाई प्रवेश गराएर चुनावको प्रकृतिमा निर्णायक परिवर्तन ल्याएको छ ।
यद्यपि, पूर्ण नियन्त्रणले अस्थिरताबाट मुक्ति पाउने विषयलाई मुस्किलले सुनिश्चितता गर्छ । घुसपैठियाको कथाले पश्चिम बंगालमाथिको नियन्त्रणलाई वैध बनाउन सक्दैन । मताधिकारबाट वञ्चित हुनु र अल्पसंख्यक र विपक्षीको दमनबाट उत्पन्न हुने असन्तुष्टिले अस्थिरता निम्त्याउन सक्छ । तसर्थ, मोदीले लोकतन्त्रको काल्पनिकीकरणलाई एक विचलनकारी उपकरणका रूपमा हेरिरहेका हुन सक्छन् ।
द वायरबाट
(लेखक भारतका वरिष्ठ पत्रकार हुन्)