एनआइसी एसिया बैंकले विद्यालयमा पानीट्यांकी र मोटर जडान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानीट्यांकी र मोटर जडान गराएको हो ।
विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्यअनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले यो सहयोग गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले बताए ।
विद्यालयका लागि यस बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला सुनारलाई सहयोग हस्तान्तरण गरेका थिए ।
उक्त विद्यालयमा एक सय ६७ विद्यार्थीले पठनपाठन गर्दै आएका छन् । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १ का वडा अध्यक्ष दिनेश खत्री, उक्त विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक तथा शिक्षिका, विद्यार्थी र बैंकका कर्मचारीको उपस्थिति थियो ।