ग्लोबल टेक्नोलोजी कम्पनी साओमीले रेडमी प्याड २ ९.७ सार्वजनिक गरेको छ । यो प्याडले शक्तिशाली अक्टा–कोर प्रोसेसरसहित सिमलेस इन्टरकनेक्टिभिटी र प्रिमियम ६ ट्याबलेट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ग्राफाइट ग्रे र सिल्भर रङमा उपलब्ध हुने रेडमीका प्याडको पहिलो आकर्षण यसको युनिबडी मेटल कन्स्ट्रक्सन हो, जसले टिकाउपन दिन्छ । त्यसैगरी, यसको १२० हर्जको रिफ्रेस रेट र ९.७ इन्चको टु–के क्रिस्टल क्लियर डिस्प्लेले अल्ट्रा स्मुथ भिजुअल, डिटेल र फास्ट रेस्पोन्सिभनेस प्रदान गर्छ ।
आठ मेगापिक्सल रियर क्यामेरा तथा पाँच मेगापिक्सल फ्रन्ट क्यामेरासहित यसले हरेक सटमा फोटोको गुणस्तर कायम गर्दै कडा र सूक्ष्म तस्बिर निकाल्छ ।
त्यसैगरी, म्युजिक तथा भिडियो हेर्न/सुन्नका लागि हाई रिजोलुसन अडियो दिने इमर्सिभ स्टेरियो स्पिकर्स र ३.५ एमएमको हेडफोन ज्याक छन् । कम्पनीले यसको मूल्य ४/१२ भेरिएन्टमा २५ हजार ९९९ रुपैयाँ तोकेको छ ।