स्वास्थ्य बिमा बोर्डले आगामी १६ जेठदेखि लागू हुने गरी आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आकस्मिक (इमर्जेन्सी)बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डको मिति ११ जेठको बैठकले स्वास्थ्य बिमा बोर्डमा बढ्दो वित्तीय संकटलाई भनेर अर्को निर्णय नभएसम्मका लागि यो कदम चाल्ने निर्णय गरेको हो।
स्वास्थ्य बिमा बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा हस्ताक्षरित पत्रअनुसार सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्राप्त हुने गैरआकस्मिक सेवा पूर्ण रूपमा बन्द रहनेछन्।
बोर्डले पत्र संख्या ०८२/८३, च.नं. ९८५६ को आधिकारिक सूचना जारी गर्दै सेवा प्रदायक निजी स्वास्थ्य संस्थाहरू र सर्वसाधारण सबैको जानकारीका लागि यो अनुरोध गरेको छ। यो निर्णयले बिमा कार्यक्रममार्फत निजी अस्पतालहरूमा उपचार गराइरहेका सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने देखिन्छ।
