दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साधारण तारेखमा राख्न रिहा गर्न पर्सा अदालतले आदेश गरेको छ । मंगलबार भएको थुनछेक बहसपछि सुनुवाइमा प्रसाईंलाई अदालतले साधारण तारेखमा छाड्न आदेश गरेको हो । 

पर्सा जिल्ला अदालतका इजलास नम्बर १ का न्यायाधीश गायत्री प्रसाईं रेग्मीमा भएको सुनुवाइपछि साधारण तारेखमा राख्न आदेश भएको पर्सा जिल्ला अदालतका श्रेस्तदार प्रभाकर मल्लिकले जानकारी दिए ।

प्रसाईंविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पर्साले सोमबार दर्ता गराएको विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा दर्ता गरेको थियो । 
प्रसाईंलाई गत जेठ ४ गते राति सिद्धार्थ दियालो होटेलबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वीरगन्ज आएका वेला पक्राउ परेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

सुझावित समाचार