‘शिक्षकलाई के चाहिन्छ तपाईं–हामी सोधौँ’

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

सांसद क्रान्तिशिखा धितालले अब हामीले शिक्षकलाई के चाहिन्छ भनेर सोध्नुपर्ने वेला आएको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद धितालले समाज र राज्यले शिक्षकसँग आफूलाई चाहिने कुरा मात्र सोधेको, तर शिक्षकलाई के चाहिएको छ भन्ने कुरा कहिले नसोधेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘गुरु पुजनीय ईश्वर पनि हुन् भनियो । तर, उनीहरूलाई अझै पनि गुरुकुलयुगको तलब, त्याग र अभावमा सीमित गराइयो ।’

शिक्षकप्रति सम्मानका शब्द जति अग्ला भए जीवनका आधार त्यति नै कमजोर बनाइएको आरोप लगाइन् । उनले सम्मान र नमस्कारले मात्र शिक्षकको घर चल्छ भन्ने सोचे समाज राज्य दुवैले बोकको भन्दै उनले शिक्षकको तलब शिक्षा ऐन बढुवा प्रणाली ताउमा जमेको पानझैँ अडिएर बसको उल्लेख गरिन् ।

जुन देशमा शिक्षकको सम्मान हुँदैन त्यो देश कसरी सभ्य, चेतनशील र समृद्ध बन्ला ? भनेर प्रश्न गरिन् । 

सुझावित समाचार