सशस्त्र प्रहरी बलले चार सय ७५ केजी गाँजा बरामद गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका- २ र उदयपुर बेलका नगरपालिका- ८, टप्पुस्थित सप्तकोशी नदीबिचको जंगल रहेको टापुबाट गाँजा बरामद भएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वाटरमातहत सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन बेस चतरा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस, रामपुरबाट खटिएको टोलीले सोमबार बिहान पौने १२ बजे सो गाँजा बरामद गरेको हो। सो गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।