नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी इरान

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वी राष्ट्र इरानको सामना गर्ने भएको छ। सोमबार लिग चरणका अन्तिम खेलसँगै सेमिफाइनल पुग्ने चारै टिमको टुंगो लागेको हो।

समूह ‘ए’बाट सबै खेल जितेको भारत विजेता र नेपाल उपविजेता बनेका थिए। समूह ‘बी’बाट सबै खेल जितेको इरान विजेता तथा कजाकस्तान उपविजेता बनेका हुन्।

अब फाइनल प्रवेशका लागि नेपाल र इरानबिच प्रतिस्पर्धा हुनेछ। अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता भारत र समूह ‘बी’को उपविजेता कजाकस्तान आमने सामने हुनेछन्।

सुझावित समाचार