भुटानविरुद्ध खेल्ने नेपालको पहिलो एघार सार्वजनिक, अनिता लम्जेलको डेब्यु

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

प्रशिक्षक नवीन न्यौपानेले भुटानविरुद्ध साफ महिला च्याम्पियनसिपको पहिलो खेल खेल्ने नेपालको पहिलो एघार सार्वजनिक गरेका छन्।

सोमबार नेपाल र भुटानबिचको खेल पौने ५ बजे भारतको गोवामा हुँदै छ। प्रशिक्षक न्यौपानेले स्ट्राइकर अनिता लम्जेललाई डेब्यु गराएका छन्। लम्जेल विभागीय टोली त्रिभुवन आर्मीबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छिन्।

सावित्रा भण्डारी घाइते भएपछि अनिताले टिममा अवसर पाएकी हुन्। प्रशिक्षक न्यौपानेले प्रीति राई, मीना देउवा, पूर्णिमा राई, सरु लिम्बूलाई बाहिर राखेका छन्।

यस्तै, अन्य १० खेलाडी भने पुरानै रहेका छन्। गोलकिपर तथा कप्तानको जिम्मेवारी अञ्जिला तुम्बापो सुब्बालाई दिइएको छ। यस्तै, रक्षकको जिम्मेवारी गीता राना, पूजा राना, विमल चौधरी र हिराकुमारी भुजेललाई दिएका हुन्।

मिडफिल्डमा रेनुका नगरकोटे, दीपा शाही, अनिता बस्नेत रहेका छन्। यस्तै स्ट्राइकरमा लम्जेलसहित रश्मीकुमारी घिसिङ र रेखा पौडेल रहेका छन्।

समूह ‘ए’मा नेपालले आज भुटानसँग खेलेपछि दोस्रो खेल श्रीलंकासँग खेल्नेछ।

सुझावित समाचार