उपराष्ट्रपति रामसहायप्रसाद यादव र सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ । सोमबार लैनचौरस्थित उपराष्ट्रपतिनिवास पुगेर अर्यालले भेटवार्ता गरेका हुन्।
समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसद्को प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।