५० ग्राम बढी खैरो हेरोइनसहित सिन्धुलीमा दुईजना पक्राउ

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

सिन्धुली प्रहरीले ५० ग्राम ५७० मिलिग्राम खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। महोत्तरीको भँगाहा नगरपालिका–४ ठेगाना भएका २३ वर्षीय राजन महतो र ३३ वर्षीय राजाबाबु महतोलाई खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको  छ।

जिल्लाको कमलामाई नगरपालिका–९, भिमान चेकपोस्टमा प्रदेश–०३–००१ ज १४२० नम्बरको हायसलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट प्रहरीले लागुऔषध बरामद गरेको हो।

सुझावित समाचार