दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघले आइतबार १४ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा कप्तान दीपेन्द्रसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, सोमपाल कामी, कारण केसी र साहब आलम छन्।
एसियन गेम्स क्वालिफायर मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ।