कामना सेवा विकास बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपचारका लागि आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवालाई निःशुल्क पौष्टिक भोजन वितरण गरेको हो ।
अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिन अवस्था भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूलाई सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सिएसआर प्रमुख सुशील पौडेल एवं आरति भोजन परिवारका अध्यक्ष डा. बिनुबाबा अर्यालको उपस्थिति थियो । पौष्टिक भोजन आवश्यक परेकालाई बैंकले सहयोग गर्न पाउँदा खुसी लागेको पौडेलले बताए । आरति भोजन परिवारले ०८१ मंसिरदेखि गंगालालमा उपचाररत बिरामीका कुरुवालाई नियमित निःशुल्क भोजन सेवा प्रदान गर्दै आइरहेको छ ।