यस्तो छ एमालेका ३०० नेताको कार्यविभाजन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीन सय नेताहरूको कार्यविभाजन प्रक्रिया अघि बढाएका छन्। ११ महाधिवेशनमा निर्वाचित नेताहरूको वरीयता तोक्दै कार्यविभाजनको प्रस्ताव अघि सारेका हुन्।
उनको प्रस्तावअनुसार उपाध्यक्ष रामबहादुर थापा‘बादल’ पहिलो र रघुजी पन्तलाई पाँचौँ वरीयतामा रहने गरी प्रस्ताव गरिएको छ । दोस्रो वरीयतामा विष्णुप्रसाद पौडेल, तेस्रोमा पृथ्वीसुब्बा गुरुङ र चौथोमा गोकर्ण विष्टको वरीयता प्रस्तावित छ ।
विरोधबिच वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित
विपक्षी दलहरूको विरोधबिच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ। विपक्षी दलका सांसदहरूको नाराबाजीबिच सभामुखले पेलेरै अघि बढाएको बैठकले सो विधेयक पारित गरेको हो।
नीति तथा कार्यक्रमको छलफलमा सहभागी नभएका प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रमसमेत नराखेपछि सांसदहरूले नाराबाजी गरेका थिए।
सुशासनको जगमा टेकेर आमनेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सरकारले सुशासनको जगमा टेकेर आमनेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेको बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिने क्रममा अर्थमन्त्री डा। वाग्लेले यस्तो बताएका हुन्। डा। वाग्लेले बुधबार बजेट निर्माणमा ८ जना पूर्वअर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव लिएको उनको सचिवालयले जनाएको छ।
ठमेलबाट नौ विदेशी महिला पक्राउ
काठमाडौंको ठमेलबाट नौजना विदेशी महिला पक्राउ परेका छन्। अनैतिक गतिविधिमा संलग्न विदेशी महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले बताए। पक्राउ पर्नेहरूमा भियतनाम, बंगलादेश र युगान्डाका महिला छन्।
पर्यटक भिसामा बस्दै आएका उनीहरू वेश्यावृत्तिको गतिविधिमा संलग्न रहेको प्रहरीको दाबी छ।
प्रधानमन्त्री संसदमा आउँछन्, नआउने कुरै छैन: सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आउने बताएका छन्।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद् परिसरमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘आउनुहुन्छ। नआउने भन्ने कुरै छैन। आएपछि तपाईंहरूले थाहा पाउनुहुन्छ,’ उनले भने।
नेकपासँग पार्टी एकताका लागि छलफल भएको छैन: शंकर पोखरेल
नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०सँग पार्टी एकताका लागि कुनै छलफल नभएको बताएका छन्। प्रेस चौतारी दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले पार्टी एकताको आवश्यकता बोध पनि नभएको बताए।
‘पार्टी एकताका विषयमा छलफल गरिरहेका छैनौँ, आवश्यकता पनि बोध गरिरहेका छैनौँ,’ उनले भने, ‘समग्र लोकतान्त्रिक शक्तिहरूबिच कार्यगत एकताको कुरा भने गरिरहेका छौँ ।’ सरकारलाई अधिनायकवादतर्फ उन्मुख भइरहेको भन्दै यसलाई रोक्नका लागि लोकतान्त्रिक शक्तिहरूबिचको कार्यगत एकताका लागि भने छलफल भइरहेको उनको भनाइ छ ।
पुनर्निर्माणका लागि सम्याइयो टुँडिखेल (फोटोफिचर)
कतै माटोका ठुलाठुला ढिस्का त कतै फोहोरका थुप्राले कुरूप बनेको टुँडिखेलको सहिदगेटपट्टिको भाग सम्याइएको छ । केही समयअघि प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनर्निर्माण गर्ने जनाएका थिए । अहिले माटो सम्याउने काम सकिएको छ ।
थप ३०४ जना सहकारीपीडितले फिर्ता पाए बचत
सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
अध्यागमनको डिजिटल टाइम कार्ड, सेवाग्राहीले जुनसुकै ठाउँबाट आफ्नो कामको प्रगति विवरण हेर्न सक्ने
अध्यागमन सेवासँग सम्बन्धित सेवाग्राहीले आफ्नो कामको प्रगति विवरण संसारको जुनसुकै कुनाबाट हेर्न सक्ने भएका छन्। अध्यागमन विभागले डिजिटल टाइम कार्ड ९डिटिसी० प्रणाली कार्यान्वयनमा ल्याएपछि यस्तो हुने भएको हो।
यसका लागि सेवाग्राहीले विभागबाट उपलब्ध क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। सोही कोडमा सेवाग्राहीले आफ्नो पासपोर्ट नम्बर र उपलब्ध कोड सबमिट गरेपछि आफ्नो कामको प्रगति विवरण सहजै हेर्न सक्नेछन्। यो सेवा संसारको जुनसुकै कुनामा बसेर लिन सकिन्छ।
होमियोप्याथी औषधिको वैज्ञानिक अनुसन्धान र क्लिनिकल ट्रायलहरू सञ्चालन गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले होमियोप्याथिक चिकित्सा पद्धतिलाई भरपर्दो वैकल्पिक उपचार पद्धतिका रुपमा स्थापित गराउन निर्देशनात्मक आदेश जारी गरेको छ । नागरिकले आफ्नो चिकित्सा पद्धति रोज्न पाउनु स्वास्थ्यको हक भएको उल्लेख गर्दे सर्वोच्चले होमियोप्याथी चिकित्साको विकासका लागि सरकारका नाममा ७ बुँदे निर्देशनात्मक आदेशसमेत जारी गरेको हो ।