काठमाडौंको ठमेलबाट नौजना विदेशी महिला पक्राउ परेका छन्। अनैतिक गतिविधिमा संलग्न विदेशी महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले बताए। पक्राउ पर्नेहरूमा भियतनाम, बंगलादेश र युगान्डाका महिला छन्।
पर्यटक भिसामा बस्दै आएका उनीहरू वेश्यावृत्तिको गतिविधिमा संलग्न रहेको प्रहरीको दाबी छ।
दुई महिनाअघि पनि प्रहरीले ठमेलबाट युगान्डाका २० महिलालाई पक्राउ गरेको थियो।