भक्तपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–६, व्याँसीस्थित सडकमा कालीघाटबाट व्याँसीतर्फ आउँदै गरेको बा.प्र.०१–००४ क ०७०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री भक्तपुर कालीघाट बस्ने उदयपुर घर भएका टंक विकको छोरा ७ वर्षीय रोमन विकको बिहीबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।