नेप्से १२ अंकले घट्यो, पौने चार अर्बको सेयर कारोबार

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। १२.३६ अंकले घटेको नेप्से दुई हजार ७४२.११ विन्दुमा कायम भएको हो।

आज ८९ लाख ५५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन तीन अर्ब ८२ करोडको सेयर किनबेच भएको थियो।

नेप्सेका १३ समूहमध्ये म्युचल फन्ड ०.१४ प्रतिशतले वृद्धि हुँदा व्यापार समूह स्थिर रह्यो। बाँकी सबै समूहमा एक प्रतिशतभन्दा कमको गिरावट देखिएको छ।

घटेको बजारमा आज बुंगाल हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाए। उक्त कम्पनी ९.२६ प्रतिशतले वृद्धि हुँदा अपर लोहोरे खोलाका लगानीकर्ताले १४.९५ प्रतिशत गुमाए।
 

सुझावित समाचार