कोशी प्रदेश लोकसेवा आयोगमा दुईजना सदस्य नियुक्त

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सदस्य पदमा दुईजना नियुक्त भएका छन्। कोशी प्रदेश सरकारको सिफारिसबमोजिम प्रदेश प्रमुख परदेश खापुङले बिहीबार  बिहान विराटनगर– ३ निवासी  रूप थापा ओझा र मोरङको उर्लाबारी– ५ निवासी भीमबहादुर सुब्बा (फुदोङ) लाई आयोगको सदस्य पदमा नियुक्त गरेका हुन्।  

नवनियुक्त सदस्यहरूलाई प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले प्रदेश प्रमुख खापुङको उपस्थितिमा बिहीबार पद तथा गोपनीयताको शपथ गराएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराए ।  

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ दफा ३ को उपदफा (५) बमोजिम उनीहरूलाई सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । 

सुझावित समाचार