सशस्त्र प्रहरी बल नेपालअन्तर्गत प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ कार्यरत तीनजना प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
बढुवा समितिको ०८३ जेठ ६ गते बसेको बैठकले रिक्त रहेको तीन पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ उपनियम (१) को खण्ड (ग) बमोजिम बढुवा प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।
सिफारिस सूचीअनुसार ई. सौरभराज वन्त, ई. ज्ञानेन्द्र राजभण्डारी र ई. अजित मास्के बढुवाका लागि छनोट भएका छन्। समितिले उनीहरूको ज्येष्ठता क्रमसमेत निर्धारण गरेको जनाएको छ।
बढुवा समितिका सदस्यसचिव तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीद्वारा जारी सूचनामा बढुवा सिफारिसउपर चित्त नबुझे सम्बन्धित अधिकृतहरूले सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिमा निवेदन दिन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।
