चितवनमा १३ जनामा औलो संक्रमण पुष्टि

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

चितवन जिल्लामा १३ जनामा औलो (मलेरिया) संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार औलो संक्रमणको आशंकामा उपचारका लागि आएका तीन हजार ९३ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले संक्रमित सबै वैदेशिक रोजगारीबाट फर्किएका नेपाली रहेको जानकारी दिए । उनका अनुसार एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट औलो रोग सर्ने गर्दछ ।

औलो संक्रमितमा लगातार वा दिन बिराएर ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, बान्ता हुने, जाडो लाग्ने, कम्पन छुट्ने तथा पसिना आएपछि ज्वरो कम हुनेजस्ता लक्षण देखिने गरेका छन् ।

नेपालमा मुख्य रूपमा प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम नामक दुई प्रकारका औलो परजीवी पाइने जनाइएको छ ।

सुझावित समाचार