एनएमबि बैंकका ग्राहकले अब भारतस्थित मेदान्त अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकका लागि सो अस्पतालका सेवामा विशेष छुटको व्यवस्था गरेको जनाइएको छ ।
यससँगै ग्राहकले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन् । साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवामा १० प्रतिशत छुट पनि उपलब्ध हुने बताइएको छ ।
ग्राहकको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै एनएमबि बैंकले बैंकिङ सेवाभन्दा बाहिर पनि ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य अघि बढाएको जनाएको छ । बैंकले देशभरका एक सय ९८ शाखा, एक सय ७६ एटिएमका साथै नौवटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।