गृह मन्त्रालयले ६ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ। सरुवामा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।
ललितपुरमा नरहरि घिमिरे, भक्तपुरमा विनोदकुमार खड्का, दाङमा निश्चलराज पाण्डे, सिन्धुपाल्चोकमा शशीधर घिमिरे, रुपन्देहीमा विश्वप्रकाश अर्यालको सिडिओको जिम्मेवारीमा सरुवा भएको छ। कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव माधवप्रसाद पोखरेललाई दिइएको छ। पोखरेल यसअघि रुपन्देहीमा सिडिओ थिए।
त्यस्तै, पश्चिम रुकुमको सिडिओमा उपसचिव निशानराज गौतमलाई खटाइएको छ।