शून्य समयमा उठाइएका कुरा क्यामेराले खिच्न र रेकर्ड गर्न मात्र हो भने बन्द गरियोस् : सांसद खरेल

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

दोलखाबाट निर्वाचित सांसद जगदीश खरेलले शून्य समयमा उठाइएका कुराहरू क्यामेराले खिच्न र रेकर्ड गर्न मात्र हो भने शून्य समय बन्द गर्न चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै आफूहरूले शून्य समयमा राखेका कुराहरू कार्यान्वयन नभएको भन्दै उनले क्यामेराले खिच्न र रेकर्ड गर्न मात्र यो समय चलाइएको हो भने तुरुन्त बन्द गर्न माग गरे ।

शून्य समयमा बोलेका कुराहरूलाई नियमन गर्न शक्तिशाली आयोग गठन गरेर समस्या समाधान गर्न सरकारसँग अपिल गरे। उनले अघिल्लो संसदमा हरि ढकालले झैँ आफ्ना कुरा कार्यान्वयन नभए मौनधारण गर्न बाध्य हुने उल्लेख गरे ।

बर्खा लाग्न थालिसकेकाले तामाकोशी बाढी पीडित र सुकुमवासीहरूलाई तत्काल व्यवस्थापन गर्न आग्रह गरे । 

सुझावित समाचार