एन्फाको निलम्बन फुकुवा

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको अनिश्चितकालीन निलम्बन फुकुवा गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, उनका खेलकुद सल्लाहकार सिद्धि ब्यञ्जनकार, परिषद्का सदस्यसचिव रामचरित्र मेहता, एन्फाका महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र प्रवक्ता सुरेश शाहलगायतको बैठकमा सहमति निस्किएपछि निलम्बन फुकुवा गरिएको हो।

एन्फा जिल्लादेखि तहगत निर्वाचन गर्न तयार भएपछि निलम्बन फुकुवा गरिएको बताइएको छ। जबर्जस्ती अर्ली इलेक्सन गर्न खोजेपछि राखेपले ११ चैतमा  एन्फालाई निलम्बन गरेको थियो।

सुझावित समाचार