वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, फूलबारी टोलबाट जुवा खेलिरहेको अवस्थामा आठजनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार राति करिब ९ः१५ बजे जनक रोकायाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जुम्लाको सिँजा गाउँपालिका–६ घर भई वीरेन्द्रनगर–७ बस्ने ४२ वर्षीय मनबहादुर बुढा, सिँजा–५ घर भई वीरेन्द्रनगर–७ बस्ने ४४ वर्षीय लक्ष्मण रोकाया, सिँजा–४ घर भई वीरेन्द्रनगर–७ बस्ने ३० वर्षीय लालबहादुर बुढा, ३४ वर्षीय लंकबहादुर बुढा र ४५ वर्षीय गम्भीर रावत, सिँजा–६ घर भई वीरेन्द्रनगर–७ बस्ने ३० वर्षीय विष्णु बुढा, सिँजा–५ घर भई वीरेन्द्रनगर–७ बस्ने ३१ वर्षीय हरिबहादुर रोकाया तथा वीरेन्द्रनगर–७ निवासी ३८ वर्षीय जनक रोकाय रहेका छन्।

उनीहरूबाट नगद ९५ हजार १६६ रुपैयाँ, ६ गड्डी तास, ९ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए। उनका अनुसार पक्राउ परेकामाथि जुवा खेलेको कसुरमा थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार