सांसद निस्कल राईले भने –सभामूखज्यू रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा बोलाउनुहोस्

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद निस्कल राईले सभामुखले रुरिङ गरेर प्रधानमन्त्रीलाई सदनमा बोलाउन आग्रह गरेका छन्।बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले सोमबार राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दै गर्दा निस्किएका प्रधानमन्त्री मंगलबार र बुधबार किन सदनमा देखा परेनन् ? भनेर प्रश्न गरे ।

आफैँले बनाएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचीको दिन पनि प्रधानमन्त्रीलाई सदनमा नदेखिनु लज्जास्पद भएको भन्दै उनले सभाको गरिमा र इज्जत बढाउने काम सभामुखको भएकाले प्रधानमन्त्रीलाई बोलाउन आग्रह गरे।

उनले भने,‘ सभामुखज्यू ! यो सभाको इज्जत राख्ने काम तपाईंको हो । तपाईंले पनि इज्जत र गरिमा राख्न सक्नु भएन भने कसैले सक्दैन। तपाईं यो सभाको नायक हो। त्यसैले प्रधानमन्त्रीलाई रुलिङ गरेर बोलाउनुहोस् र सभाको गरिमा बढाउनुहोस् ।’ 

सुझावित समाचार