काठमाडौंका सडकमा भिख माग्ने १३१ जनालाई प्रहरीले उद्धार गरेको छ। उनीहरूमध्ये केहीलाई आफन्तको जिम्मा लगाइएको र केही ‘स्क्रिनिङ’मा रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
मंगलबार काठमाडौंमा १०५ जना तथा ललितपुरमा २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
काठमाडौंमा ४० जनालाई होल्डिङ सेन्टरमा राखिएको, १६ जनालाई आफन्तको जिम्मा लगाइएको र ४९ जना स्क्यानिङमा रहेका प्रहरीले जनाएको छ।
त्यस्तै, ललितपुरबाट उद्धार गरिएकामध्ये दुईजनालाई मानव सेवा आश्रममा पठाइएको, थप दुईजनालाई आफन्तको जिम्मा लगाइएको र २२ जना प्रहरीको स्क्यानिङमा छन्।
प्रहरीले स्विप अपरेसन चलाएर उनीहरूको उद्धार गरेको हो। उनीहरूको संघसंस्थामार्फत व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।