सामाजिक सञ्जालबाट प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुईजना पक्राउ

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

कक्षा १२ को परीक्षा सुरु हुनुभन्दा केही समयअगावै प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुईजनालाई पक्राउ गरेको छ।

सुर्खेतको वीरेन्द्रनगर– ८ घर भई काठमाडौं– ३२, सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही र धादिङ नीलकण्ठ– ३ घर भई बुढानीलकण्ठ– १०, कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठलाई ब्युरोले पक्राउ गरेको हो।

उनीहरूले ह्वाट्स एप तथा फेसबुक म्यासेन्जरलगायतका सामाजिक संजालमा ग्रुप बनाई उत्तरसहित प्रश्नपत्रसमेत बाहिर ल्याई प्रश्नपत्रको गोपनीयता भंग गरेको ब्युरोले जनाएको छ।

सोमबार चाबहिलबाट पक्राउ परेका उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थप गरी ब्युरोले अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार