मोरङको रतुवामाई नगरपालिका– २, घररुचोक सीमानाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २० लाख भारतीय रुपैयाँ बरामद गरेको ाछ।
सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङका एसपी गेहेन्द्र भण्डारीका अनुसार सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाको संयुक्त टोलीले आइतबार राति चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद भएको हो।
मोटरसाइकलमा आउँदै गरेका दुईजना जेकजाँचमा पक्राउ पर्ने पक्का भएपछि पछाडि बसेका व्यक्तिले झोला फ्याँकेर उनीहरू फरार भएका थिए। फालेको झोलामा पाँच सय र दुई सय दरका कुल २० लाख अवैध भारु भेटिएको थियो।
बरामद रकम राजस्व अनुसन्धान इकाइ इटहरीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीका एसपी भण्डारीले बताए।