लाखौँ सुकुमवासीलाई रुवाएर सरकार असफल भइसक्यो : हर्कराज राई

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण
लाखौँ सुकुमवासीलाई रुवाएर सरकार असफल भइसक्यो : हर्कराज राई

फाइल तस्बिर

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार असफल भएको टिप्पणी गरेका छन्। लाखौँ गरिब सुकुमवासीलाई बेघर बनाएर आत्महत्या गर्न बाध्य बनाएको बताउँदै सांसद राईले सरकार असफल भएको बताएका हुन्।

साेमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘आज देश अभिभावकविहीन बन्न पुगेको छ। हजारौँ, लाखौँ गरिब सुकुमवासीलाई बेघर बनाएर रुवाउने, आत्महत्या गर्न बाध्य बनाउने सरकार असफल भइसकेको हामीलाई महसुस भएको छ।’

लिपुलेकमा भारतले नाका खोलिसक्दा पनि हस्ताक्षरविनाको कूटनीतिक नोट पठाएर सरकार लुकेर बसेको सांसद राईको आरोप छ। उनले सरकारले नेपाली सेनाको दुरुपयोग गरेको आरोपसमेत लगाए। 

‘नेपाली सेनालाई सीमारक्षामा त्यता पठायो कि सुकुमवासी बस्तीमै दादागिरी देखाउँदै बस्यो ? सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो ?’ उनले प्रश्न गरे।

सुझावित समाचार