रास्वपाको शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण
रास्वपाको शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले विभिन्न विभागको प्रमुख र उपप्रमुख मनाेनयन गरेको छ। आइतबार बसेको बैठकले मिलन पाण्डेलाई पार्टीको शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए।

बैठकले स्टार्ट–अप विभागको प्रमुखमा डा. प्रभात अधिकारी, र्यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा आशिष (मकवानपुर) र उपप्रमुखमा पूर्वडिआइजी विदुर खड्कालाई मनोनयन गरेको छ।

बैठक केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ।

सुझावित समाचार