साताको बजार : ४१.५७ अंकले बढ्यो सेयर बजार

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

साताभरमा सेयर बजार परिसूचक ४१.५७ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन सोमबार ३४.६३ अंकले बढेर २७०४.०८ विन्दुमा पुगेको बजार परिसूचक अन्तिम कारोबार हुने दिन शुक्रबार २७४५.६५ विन्दुमा पुगेको छ ।

मंगलबार ८.७८ अंकले बढेर परिसूचक २७१२.८६ विन्दु पुगेको थियो । त्यसपछि बुधबार १.६४ अंकले घटेर २७११.२२ विन्दु कायम भएको थियो । बिहीबार परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दु पुग्यो । शुक्रबार २७.४९ अंकले बढेर २७४५.६५ विन्दु काम भएको छ । 

साताभरमा सर्वाधिक कारोबार सोमबार भएको थियो । सो दिन चार अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । न्यून कारोबार बिहीबार भएको थियो । सो दिन दुई अर्ब ८८ करोडको कारोबार भएको थियो । बजार पुँजीकरण ४६ खर्ब ८२ अर्ब ८६ करोड रुपैयाँ कायम भएको छ । 

सुझावित समाचार